पर्यटक गन्तव्य बन्दै गोर्खा स्मृति पार्क

पर्यटक गन्तव्य बन्दै गोर्खा स्मृति पार्क
सुन्नुहोस्

सुनसरी : धरान उपमहानगरपालिका–२० विष्णुपादुका क्षेत्रमा अवस्थित गोर्खा स्मृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको संगम बनेको यो पार्कले धरानको पर्यटन विकासमा नयाँ सम्भावना थपेको छ।

भूतपूर्व बेलायती सेनामा सेवा गरेका गोर्खा सैनिकहरूको योगदानको स्मरण र सम्मान स्वरूप निर्माण गरिएको गोर्खा स्मृति पार्क साढे १२ बिघा क्षेत्रफलमा फैलिएको छ। भूतपूर्व बेलायती सेनाहरूको सक्रिय पहल र लगानीमा निर्माण भएको यो पार्क केवल मनोरञ्जनको थलो मात्र नभई गोर्खा सैनिकहरूको इतिहास, साहस र बलिदानको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।

पार्कभित्र भूतपूर्व गोर्खा सैनिकहरूको सालिक स्थापना गरिएको छ। ती सालिकहरूले नेपाली गोर्खा सैनिकहरूले बेलायती सेनामा पुर्‍याएको योगदानको जीवित इतिहास बोकेका छन्। गोर्खा स्मृति पार्क व्यवस्थापन समितिका अनुसार आगामी दिनमा थप गोर्खा सैनिकहरूको सालिक स्थापना गर्ने योजना रहेको छ। भूतपूर्व बेलायती सेनाका सैनिकको सम्झनामा सालिक स्थापना गर्न चाहने परिवारका लागि निःशुल्क जग्गा व्यवस्था गरिएको समितिले 

जनाएको छ।

इतिहास र स्मृतिसँगै पार्कलाई मनोरञ्जन र पारिवारिक भ्रमणका लागि पनि आकर्षक बनाइएको छ। आन्तरिक तथा बाहिय पर्यटकलाई लक्षित गर्दै पार्क क्षेत्रमा व्यवस्थित पिकनिक स्थल निर्माण गरिएको छ। गोर्खा पार्क रिसोर्टका सञ्चालक शिव पुमा राईका अनुसार दैनिक करिब १५ समूहले पिकनिक खान सक्ने गरी संरचना तयार गरिएको छ। पर्यटकहरूलाई लक्षित गर्दै पार्क परिसरमै रिसोर्ट पनि सञ्चालनमा ल्याइएको छ।

पार्कमा सुविधा सम्पन्न ८ कोठा र एउटा सेमिनार हल निर्माण गरिएको छ। सेमिनार हलमा तालिम, गोष्ठी, कार्यशाला तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था गरिएको सञ्चालक पुमा राईले बताए। यसले पर्यटनसँगै शैक्षिक तथा संस्थागत गतिविधिलाई समेत प्रवद्र्धन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ।

धरानको मंगलबारे चोकबाट करिब ७ किलोमिटर दूरीमा रहेको गोर्खा स्मृति पार्कलाई प्रसिद्ध पर्यटकीय स्थल भेडेटारको विकल्पका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। गोर्खा स्मृति पार्क मूल व्यवस्थापन समितिका उपाध्यक्ष क्याप्टेन जगमोहन राईले गोर्खा स्मृति पार्कलाई वीर गोर्खालीको इतिहास संगै भेडेटारजस्तै प्राकृतिक दृश्य, शान्त वातावरण र धार्मिक–सांस्कृतिक महत्त्व बोकेको गन्तव्यका रूपमा पार्कलाई चिनाउने प्रयास भइरहेको बताए।

पार्कको अर्को आकर्षण यहाँबाट देखिने मनोरम दृश्य हो। विष्णुपादुका मन्दिर नजिकै अवस्थित यस पार्कबाट सप्तकोसी नदी, तराईका समथर भूभाग तथा पूर्वी नेपालका विभिन्न सहर–बजारहरूको दृश्य अवलोकन गर्न सकिन्छ। पदयात्रा प्रेमीहरूका लागि पनि गोर्खा स्मृति पार्क उत्कृष्ट गन्तव्य बनेको छ। ‘हिँडौँ धरान अभियान’का सचिव ज्ञानेन्द्र बस्नेतले धरानबाट बिष्णुपादुका हुँदै गोर्खा स्मृति पार्कसम्मको पदमार्ग स्वास्थ्य, पर्यटन र वातावरणीय दृष्टिले अत्यन्तै उपयुक्त भएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.