सुनको मूल्य बढ्नेक्रम जारी, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। सोमबार एक तोला सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ पुगेको थियो। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज ३०० रुपैयाँले बढेर प्रतितोला सुन ३ लाख ९ हजार ३०० कायम भएको छ।
यो हालसम्मकै उच्च मूल्य हो।
यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। यसदिन चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ। सोमबार सोही परिमाणको चाँदी ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगिएसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको विज्ञहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस !