लुम्बिनीमा चरा संरक्षणको पहल

लुम्बिनीमा चरा संरक्षणको पहल
सुन्नुहोस्

लुम्बिनी : अवैध चोरीसिकार, खेतीमा विषादीको अधिक प्रयोग, वासस्थान विनास र  अतिक्रमणका कारण मुलुकमा चराको संख्या बर्सेनि घट्दो क्रममा छ। चराको यही अवस्थालाई नियन्त्रण गरी संरक्षणमा जुट्न बुद्ध जन्मस्थल लुम्बिनीको प्राङ्गणमा तेस्रो चरा संरक्षण उत्सव गरिएको छ। 

सिकारीले वाण प्रहार गरी घाइते बनाएको सारसलाई बुद्धले उद्धार गरी निको पारेर प्रकृतिमा छोडेको इतिहास छ। सारस पछिल्लो समयमा ग्लोबली थ्रेटन चरा हो। नेपालमा पनि यो संरक्षित चरा हो।  तिनै सारसको बाक्लो संख्या रहेको लुम्बिनीमा पछिल्लो समयमा खेतीमा विषादीको अधिक प्रयोग, वासस्थान विनास लगायतका कारण घट्दो क्रममा रहेको संरक्षण विद्हरूले बताएका छन्। 

संकटमा रहेका सारसलगायत विभिन्न प्रजातिका चरा संरक्षणका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चराविद्, संरक्षणकर्मी, विद्यार्थीलगायतको उपस्थितिमा शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रंगणमा चराको संरक्षण योजना बनाउन चरा संरक्षण उत्सवको आयोजना भएको आयोजक पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए। उत्सव पोखरा पन्छी समाज र लुम्बिनी ग्रीन युथ क्लबको संयुक्त आयोजनामा बौद्ध विश्वविद्यालयको सभाहलमा विभिन्न देशका चराविद्हरूले शोधपत्र प्रस्तुति, छलफल र गोष्ठी भएको हो। 

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईसूसीयन) का अनुसार विश्वमा ११ हजार भन्दा बढी चरा  अभिलेख भएका छन्। तीमध्ये १३ प्रतिशत चरा विश्वमा संकटमा परेका छन्। नेपालमा ९०३ प्रजातिका चरा अभिलेख भएका छन्। नेपालमा हालसम्म अभिलेख भएका ९ सय ३ प्रजातिका चरामध्ये करिब १९ प्रतिशत (१७२ प्रजाति) चरा संकटमा रहेको विज्ञहरूले बताएका छन्। 

विश्वको ८ प्रतिशत चरा नेपालमा अभिलेख भएको छ। विश्व मानचित्रमा क्षेत्रफलले सानो नेपालमा ८ प्रतिशत चरा पाइनु प्राकृतिक, जैविक, वातावरणीय विविधताको कारण रहेको चराविद् बताउँछन्। 

चरा वन्यजन्तुका लागि कुनै राजनीतिक बाउन्डी हुँदैन चराविद् डा. बराले भने। यसैले त एक अध्ययनले एउटा प्रजातिको चरा ११ दिन र १ घण्टा लगातार उडान भरेर अलास्कामा बच्चा कोरल्ने र अस्टे«लियाको तल्लाभाग ताजमेनियामा अवतरण गरेको पाइएको थियो। पृथ्वीको ब्यासभन्दा ठूलो नरोकी यात्रा गरेको रेकर्ड स्याटेलाइट ट्याग राखेर चराको अध्ययन गर्दा पाइएको बरालले सुनाए।

चरा मान्छेभन्दा ३ करोड वर्ष पहिले नै पृथ्वीमा थिए भन्ने विभिन्न अनुसन्धान रिपोटहरूमा पाइएको छ। पारिस्थितिकीय प्रणाली र प्राकृतिक विपत्को सूचक पनि चरा रहेको चराविद्ले बताएका छन्। यति गुनकारी चराहरूको संरक्षणमा सबैको योगदान हुनुपर्ने विज्ञहरूले सुझाएका छन्। 

चरा उत्सवमा नेपालसहित भुटान, फिलिपिन्स, ताइवान, सिंगापुर, भारतलगायत विभिन्न ७ देशका चराविद्, संरक्षणकर्मी, वाइल्डलाइफ फोटोग्राफरलगायतको सहभागिता रहेको पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालले बताए। उत्सवमा चराको संरक्षणका चुनौती र संरक्षणका उपायका विषयका छलफल भइरहेका छन्। उत्सवमा चराको फोटो प्रदर्शनी, संरक्षणसम्बन्धी स्टल तथा बर्ड रेस (चरा चिन्ने) प्रतियोगिता आयोजना गरिएको छ। लुम्बिनी ग्रीन युथ क्लबका अर्जुन कुर्मीले यस्ता संरक्षण उत्सवले समाजमा विस्तारै सरक्षणप्रति सकारात्मक हुनेगरी प्रभाव पर्दै गएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.