देउवाजीसँग निरन्तर संबादमा छु, पुराना कुरामा अल्झिने छुट छैन : सभापति थापा

देउवाजीसँग निरन्तर संबादमा छु, पुराना कुरामा अल्झिने छुट छैन : सभापति थापा
सुन्नुहोस्

धनुषा : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकढिक्का भएर निर्वाचनमा केन्द्रित भएको बताएका छन्। शुक्रबार धनुषामा आयोजित कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनपछि पार्टीभित्र केही समस्या देखिएपछि अहिले पार्टी एकढिक्का भएर निर्वाचनमा केन्द्रित भएको बताए। 

उनले आफू निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूसँग निरन्तर संबादमा रहेको बताए। निर्वाचनका बेला पुराना कुरालाई दिएर अल्झिने छुट कसैलाई नरहेको उनको भनाइ छ। उनले अहिले पार्टीभित्र कुनै गुट नरहेको बताए। 

त्यस्तै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक छिटै बस्ने र अनुशासन समिति गठन गरिने जानकारी दिए। उनले निर्वाचनका बेला आफ्ना उम्मेदवारहरूलाई असहयोग गरेको उजुरी आएर प्रमाणित भए जोसुकैलाई कारबाही गर्ने स्पष्ट पारे। 

उनले पुरानादेखि जेनजी सबैको भावनालाई आत्मसाथ गर्ने पार्टी कांग्रेसमात्रै भएको बताए। मधेसलाई कांग्रेसले कहिल्यै उपेक्षा नगरेको भन्दै थापाले मधेशका जनताले कांग्रेसलाई विश्वास गर्ने जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.