निर्वाचनका लागि वडा तहसम्मै समन्वय गर्ने गृहको तयारी

निर्वाचनका लागि वडा तहसम्मै समन्वय गर्ने गृहको तयारी

काठमाडौं : गृह मन्त्रालयले वडातहमा क्रियाशिल रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिहरूको सहभागिता अभिवृद्धि गरी निजहरूलाई निर्वाचनका सबै प्रक्रियामा सहभागी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ।

निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्वपूर्ण रहने तथ्यलाई मध्यनजर गर्दै गृहले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२ ’ तयार गरी सोही बमोजिम गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो।

वडा तहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी एवं प्रबुद्ध व्यक्तिहरूलाई निर्वाचन व्यवस्थापन लगायतका कार्यमा समावेश गराई निर्वाचनमा निजहरूको अपनत्व अभिवृद्धि गरी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभिप्रायले अवधारणा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए। 

अवधारणा कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीहरूको जिम्मेवार बनाइएको छ भने यसको कार्यान्वयनको अनुगमन र निगरानी गर्ने जिम्मेवारी गृह मन्त्रालय र सुरक्षा निकायका केन्द्रीय कार्यालयको हुने व्यवस्था गरिएको छ।

समन्वय एवं सहकार्यलाई अभिवृद्धि गर्ने सम्बन्धमा अवधारणापत्रले वडातहमा रहेका त्यस्ता व्यक्तिहरूको पहिचान गरी सूची तयार गर्ने, मतदान स्थलहरूको स्थलगत निरीक्षणको क्रममा निजहरू सहितको बैठक आयोजना गर्ने, समय-समयमा प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिका पदाधिकारीहरूबाट सहजता एवं प्रभावकारीता अनुसार टेलिफोनबाट सम्पर्क गर्ने, समूह एसएमएसबाट सूचना प्रवाह गर्ने, भर्चुअल माध्यमबाट सम्पर्क, संबाद, छलफल, अन्तर्क्रिया लगायतका गतिविधि गरिने व्यवस्था गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.