कारबाही फुकुवा लगत्तै द्वारिकलाल चौधरी बने एमालेको निर्वाचन कमान्डर

कारबाही फुकुवा लगत्तै द्वारिकलाल चौधरी बने एमालेको निर्वाचन कमान्डर

सुनसरी : एमालेको कारबाहीमा परेका नेता द्वारिकलाल चौधरीको कारबाही फुकुवा गर्दै सुनसरी क्षेत्र नम्बर-२ को निर्वाचन परिचालन समितिको कमाण्डरको जिम्मेवारी दिएको छ। आगामी निर्वाचनमा पराजयको सम्भावित जोखिम देखिएपछि पार्टीले प्रभावशाली नेताका रूपमा चिनिएका चौधरीलाई पुनः सक्रिय भूमिकामा ल्याएको छ।

एमाले सुनसरीका सचिव राम कोइरालाका अनुसार चौधरीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ। समितिको उप-संयोजकमा लक्ष्मी गौतम र खेमराज पोखरेल रहेका छन् भने सचिवको जिम्मेवारी डेगराज फयललाई दिइएको छ। चौधरी समुदायस्तरमा राम्रो प्रभाव जमाउन सक्ने नेता मानिन्छन्। उनी इटहरी उपमहानगरपालिकाका पूर्व मेयरसमेत हुन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रूपमा गाली गरेको आरोपमा एमाले कोशी प्रदेश कमिटीले चौधरीलाई गत कात्तिकमा छ महिनाका लागि पार्टीबाट निष्कासन गरेको थियो। तर, निर्वाचनको मुखमा आएर उनको कारबाही फुकुवा गरिएको एमाले कोशी प्रदेशका सह-सचिव देवान राईले पुष्टि गरेका छन्। राईले पार्टी एकताको आवश्यकता र निर्वाचन रणनीतिलाई ध्यानमा राख्दै कारबाही फुकुवा गरिएको बताए।

एमालेले सुनसरी-२ बाट युवा उम्मेदवार सुजन लामालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। निर्वाचन परिचालनको कमाण्डर बनेपछि चौधरीले एमाले उम्मेदवार लामालाई विजयी गराउन दिलोज्यान दिएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्र देखिएका असहमतिलाई भुलेर चुनावी अभियानमा एकताबद्ध भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.