जेनजी आन्दोलनका घाइते गृह जिल्ला पुग्दा...
कालिकोट : जेनजी आन्दोलनका घाइते पवन शाही पाँच महिनापछि गृह जिल्लामा फर्केका छन्। उनी गत भदौ २३ गतेको जेनजी आन्दोलनमा गोली लागेर गम्भीर घाइते भएका थिए।
खाँडाचक्र-१ का २५ वर्षीय पवन काठमाडौंमा उपचार गरेर पाँच महिनापछि घर फर्किँदा जिल्लाबासीले उनको भब्य स्वागत गरे। सदरमुकाम मान्म बजारका स्थानीय तथा बजारबासीले हर्षोल्लासका साथ बाजागाजा, फूलमाला, खादा अविरले स्वागत गरे थिए।
पवन फुटबल खेलाडी हुन्। आन्दोलनका क्रममा पेट र पाखुरामा उनको गोली लागेको थियो। उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भएको थियो। शाहीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार हुन्।
प्रतिक्रिया दिनुहोस !