संसद पुनर्स्थापनाबारे केपी ओलीले भने- सर्वोच्च अदालत कानमा तेल हालेर बस्न मिल्दैन

संसद पुनर्स्थापनाबारे केपी ओलीले भने- सर्वोच्च अदालत कानमा तेल हालेर बस्न मिल्दैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गरेका छन्। एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संवैधानिक संकटमा देश फसेको बेलामा मौन बस्दा अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने भन्दै संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गरे। 

आफूहरूले संसद विघटन गरेर संविधान मिचिएको भनिरहेको अवस्थामा सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न नमिल्ने उनले बताए। उनले संसद् पुनर्स्थापनाको मुद्दाबारे अदालतले जस्तो आदेश गरेपनि त्यसलाई स्वीकार गरिने स्पष्ट पारे। 

त्यस्तै अध्यक्ष ओलीले सरकार तटस्थ रहेर भयरहित वातावरणमा, शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनुपर्ने बताए। कसैलाई जिताउने वा हराउने खेलमा सरकार लागे त्यस्तो निर्वाचन र परिणाम स्वीकार्य नहुने उनले स्पष्ट पारे।

उनले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिए। फागुन २१ गते निर्वाचनको मिति तय गरिए पनि हिमाली भेगमा निर्वाचन गराउन कठिन रहेको उनले बताए। फरक प्रसंगमा अध्यक्ष ओलीले झापा-५ मा आफूसँग प्रतिस्पर्धा गर्ने भनेर लागेकाहरूसँग कुनै संगठन, नीति कार्यक्रम, उद्देश्य केही नभएको तर्क गरे।

आफ्ना प्रतिस्पर्धीलाई बतासे अन्डाको संज्ञा दिँदै ओलीले बतासे अन्डाबाट चल्ला ननिस्कने टिप्पणी गरे। ओलीले उनीहरूले नै आगजनी र तोडफोडलाई क्रान्ति भनेर महिमा मण्डन गरेको र पुराना दलहरूलाई विभिन्न आरोप लगाउने गरेको बताए। उनले देश बनाउने शक्ति एमालेमात्रै रहेको र यसपटकको निर्वाचनमा जनताले आफूहरूलाई सफल बनाउने जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.