नयाँ संसदको बैठक सिंहदरवारस्थित नयाँ भवनमा बस्ने

नयाँ संसदको बैठक सिंहदरवारस्थित नयाँ भवनमा बस्ने
सुन्नुहोस्

काठमाडौं : संघीय संसद सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसदको लागि नयाँ संसद भवन नै प्रयोग हुने जनाएको छ। 

संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात् तत्काल बैठक सञ्चालनका लागि सरकारसँग निरन्तर संबादमा रहेको र नयाँ संसद भवन नै प्रयोग हुने जानकारी दिए। अहिले नयाँ संसद भवनबाहेक अन्य विकल्पमा कुनै छलफल नभएको उनले बताए। नयाँ संसद भवनमा सभा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू न्यूनतम रूपमा भए पनि प्राप्त हुने संसद सचिवालयको विश्वास रहेको उनको भनाइ छ।

प्रवक्ता गिरीले अधिवेशन आह्वान हुनुभन्दा पन्ध्र २० दिन अगावै सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध हुने उल्लेख गरे। उनले नयाँ संसद भवनमा निर्माण भइरहेको प्रतिनिधिसभातर्फ १२ वटामध्ये बैठक कक्षसहित ६ वटा कक्ष उपलब्ध भएको अवस्थामा बैठक सञ्चालन हुने देखिएको बताए।

तत्कालका लागि न्यूनतम रूपमा बैठक सञ्चालन गर्ने र निर्माण भइसकेपछि क्रमशः अन्य कामहरू नयाँ भवनबाट सुरु गर्नेगरी तयारी भएको उनले बताए। यसअघि संसद सचिवालयले नयाँ सांसदका लागि आवश्यक व्यवस्था गर्न सरकारलाई पत्रचारसमेत गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.