म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ : प्रचण्ड

म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ : प्रचण्ड
फाइल तस्बिर

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू खलनायक बनेर इतिहासको पानामा हराउन नचाहने बताएका छन्। एक भिडियो सन्देश जारी गरेर उनले देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम नलिने घोषणा गरे।

'हलिउडमा एउटा चर्चित संवाद छ, 'या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहू।' यदि म धेरै अघि बिदा भएको भए, सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला। तर, म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ। म यो देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन। तपाईँहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, त्यो तपाईँहरूको स्वतन्त्रता र अधिकार हो। तर, मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईँहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ। म हार मान्न तयार छैन, किनकि मेरो काम अझै सकिएको छैन,' उनले भनेका छन्।

उनले आफू नयाँ विचारहरूका लागि सधैं खुला रहेको र नयाँ पुस्तालाई स्वागत गर्न तयार रहेको बताए। 'तर, एउटा कुरा याद राख्नुहोस् हरेक चम्किलो चिज हिरा हुँदैन। आजको यो डिजिटल युगमा, सामाजिक सञ्जालका भ्रमहरूले तपाईँहरूलाई बहकाउन सक्छन्। म यहाँ तपाईँहरूसँग भोट माग्न आएको होइन, म त तपाईँहरू लाई स्वतन्त्र चिन्तनका लागि अपील गर्न आएको हुँ,' उनल भने।

जेनजीहरूले मागिरहेको भ्रष्टाचारको अन्त्य, पारदर्शिता र एउटा बलियो सरकार ती मागहरू आफूले जनयुद्धका दिनदेखि नै उठाउँदै आएका एजेन्डा रहेको उनको भनाइ छ। 'मैले लामो समयदेखि भन्दै आएको छु कि यो देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ। यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो, त्यो हामी सबैले देखेका छौँ। त्यसैले म भन्छु, मेरो माग र तपाईँहरूको माग एउटै हो। म तपाईँहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.