मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुन्नुहोस्

झापा : झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ निवासी ६४ वर्षीय कुलप्रसाद खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीका अनुसार आज साँझ ६:२० बजेको समयमा मेची राजमार्गअन्तर्गत भद्रपुर बनियानी सडक खण्डको भद्रपुर-२ स्थित सगरमाथा चोकमा बनियानिबाट भद्रपुर तर्फ आइरहेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदलयात्री खरेललाई ठक्कर दिएको थियो। दुर्घटनामा परी घाइते भएका खरेललाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल पुराउँदा डाक्टरले मृत घोषणा गरेका थिए। 

त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर-६ निवासी २१ वर्षीय अनुराग घोषको अनुहारमा चोट लागेकोले गम्भीर अवस्थामा प्रादेशिक अस्पताल भद्रपुरमा पुर्‍याएको र त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर रेफर गरिएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार भद्रपुर-६ निवासी २१ वर्षीय मन्दिप दंगालको अवस्था सामान्य रहेको र मोटरसाइकल प्रहरी नियन्त्रणमा लिएको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.