यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनले देशलाई नयाँ राजनीतिक संस्कृतिको बाटोतर्फ डोर्‍याउनुपर्ने बताएकी छन्। राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो निर्वाचन नियमित प्रक्रियामात्र नरहेको स्पष्ट पारिन्।

'यो निर्वाचन केवल सदनमा जनप्रतिनिधि पठाउने एउटा नियमित प्रक्रियाको अंगमात्र होइन। यो त नेपाल राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्दछ भन्ने मेरो सविनय आग्रह छ,' उनले भनिन्। चुनावमा देखिएको राजनीतिक दल तथा विभिन्न उम्मेदवारहरूको सहभगिता तथा जनतामा देखिएको उत्साहले नेपाली जनताको लोकतन्त्रप्रतिको आस्था, विश्वास, भरोसा अनि प्रतिबद्धतालाई दर्शाइरहेको उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीले राज्यका स्रोत साधन निर्वाचनमा केन्द्रित गरिएको बताइन्। 'आन्दोलनका क्रममा लुटिएका हतियारहरूमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ। एकीकृत निर्वाचन सुरक्षा स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। सबै सुरक्षा संयन्त्र परिचालन सुनिश्चित गरिएको छ। तसर्थ, निर्वाचन आचार संहिताको पूर्ण पालना गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न म यस सम्मानित सदनमार्फत सबै पक्षसँग हार्दिक अपील गर्दछु,' उनले भनिन्।

प्रधानमन्त्री कार्कीले भविष्यमा भ्रष्टाचारशून्य नेपाल बनाउने महत्त्वपूर्ण दस्तावेजका रूपमा आउनेछ भन्ने विश्वास पनि लिइन्। 'जेनजी आन्दोलनमा युवाहरूले उठाएको मूल मुद्दा नै भ्रष्टाचाररहित समाज, सुशासन र सदाचार नै हो। यो सरकार गठन भएपछि मितव्ययितालाई हामीले प्रमुखताका साथ अंगीकार गर्‍यौँ। तसर्थ स्रोतसाधनको दुरुपयोग धेरै हदसम्म रोकिएको छ। हामीले अनावश्यक सुविधा लिएका छैनौँ। सार्वजनिक निकाय र नियमनकारी संस्थाहरूले कानुनबमोजिम गर्ने काममा कुनै प्रकारको अवाञ्छित दबाब दिएका छैनौं,' उनले भनिन्।

उनले आफ्नो छोटो कार्यकालमा नयाँ आशाको बफउ रोपेको बताइन्। 'यो अन्तिम चरणमा म के विश्वास दिलाउन चाहन्छु भने, हामीले भत्किएका संस्थाहरूलाई सुव्यवस्थाले जोडेका छौं र एउटा नयाँ आशाको बिउ रोपेका छौं। मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र अन्यायजस्ता संरचनात्मक कारणहरूको निवारणको लागि सबै निकाय एकजुट भएर लाग्न ढिला नगरौं,' उनले भनिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.