उम्मेदवार फेरिनु अस्वभाविक होइन : रमेश लेखक

उम्मेदवार फेरिनु अस्वभाविक होइन : रमेश लेखक
सुन्नुहोस्

महेन्द्रनगर : नेपाली कांग्रेसका नेता एंव पूर्व गृहमन्त्री रमेश लेखकले उम्मेदवार फेरिने कुरालाई अस्वभाविक रुपमा नलिन आग्रह गरेका छन । 
  सोमबार नेपाली कांग्रेसले कञ्चनपुरको दोधारा चाँदनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता लेखकले उम्मेदवार फेरिने कुरालाई  अस्वभाविक रुपमा नलिन नेता–कार्यकर्तालाई आग्रह गरेका हुन् । 

२०५६ सालदेखि कञ्चनपुरको क्षेत्र नम्बर–३ बाट निर्वाचन लड्दै आएका नेता लेखकले यस पटक टिकट नपाएपछि उनको निर्वाचन क्षेत्रमा चासोका साथ हेरिएको थियो । ‘यहाँ थुप्रै नेता–कार्यकर्ता एंव शुभ चिन्तकहरुले चुनाव किन नलडेको भनेर जिज्ञासा राख्नु हुन्छ ।’ 

नेता लेखकले भने, ‘उम्मेदवार फेरिए पनि कांग्रेस उहि हो चार तारे झण्डा उहि हो ।’ उनले २०५६ सालयताका निर्वाचनमा यस क्षेत्रबाट आफू पटक–पटक निर्वाचन लडेको बताउँदै यस पटक उम्मेदवार फेरिनु अस्वभाविक नभएको बताए । 

‘अहिले पार्टीभित्र केहि समस्या अन्तरसंघर्ष होलान् तर यो बेला निर्वाचनमा अरु पार्टीसँगको प्रतिष्पर्धा हो’, उनले भने, ‘पार्टीभित्रको अन्तरसंघर्षका बारेका विवाद गर्ने होइन त्यसलाई वैधानिक रुपले निर्णय गर्ने निर्णय गर्ला राजनीतिक रुपमा पार्टीभित्र हामी मिलौ ।’ उनले कांग्रेस जिताउन जतनाका बीचमा सबैले लाग्न जरुरी रहेको बताए ।

गत साता जेनजी आन्दोलनपछि पहिलो पटक गृह जिल्ला पुगेका नेता लेखकले चुनावी भेटघाटलाई तीव्रता दिएका छन् । लेखकले कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीतिमा छलफलमा व्यस्त छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यस पटक भने उम्मेदवार छैनन् । पार्टीले यो क्षेत्रबाट पूर्व जिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.