बेलायती उच्च सैनिक अधिकारी काठमाडौंमा

बेलायती उच्च सैनिक अधिकारी काठमाडौंमा

काठमाडौं : बेलायती सेनाका एक उच्च अधिकारी काठमाडौं आइपुगेका छन्। बेलायती सेनाका लेफ्टिनेन्ट जनरल माइकल रिचर्ड एल्भिस मंगलबार काठमाडौं आइपुगेका हुन्। 

दी रोयल गोर्खा राइफल्सको कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन्। स्रोतका अनुसार काठमाडौंस्थित बेलायती राजदूतावासको समन्वयमा उनी नेपाल आएका हुन्।

उनको टोलीमा तीन जना बेलायती सैनिक अधिकारी छन्। लेफ्टिनेन्ट जनरल एल्भिस हालः बेलायती सेनाको कमाण्डर तथा फिल्ड आर्मीको पदमा कार्यरत छन्।

सन् १९९३ मा उनले रोयल आर्टिलरीमा कमिसन प्राप्त अधिकारीका रूपमा सेवा सुरु गरेका थिए। उनले फर्स्ट रेजिमेन्ट रोयल होर्स आर्टिलरीका कमाण्डिङ अफिसरका रूपमा कामसमेत गरेका छन्। अक्टोबर २०२१ देखि उनले स्थायी संयुक्त मुख्यालयमा प्रमुख कर्मचारी (अपरेसन) का रूपमा सेवा गरे। मार्च २०२४ मा उनलाई लेफ्टिनेन्ट जनरलमा पदोन्नति गर्दै कमाण्डर, फिल्ड आर्मी नियुक्त गरिएको हो। सन् २०२५ नोभेम्बर १ मा उनलाई मास्टर गनर, सेन्ट जेम्स पार्कको पदमा नियुक्त गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.