सी जिनपिङले ट्रम्पलाई भने - अमेरिकाले ताइवानलाई हतियार उपलब्ध गराउन विवेक देखाउनुपर्छ

सी जिनपिङले ट्रम्पलाई भने - अमेरिकाले ताइवानलाई हतियार उपलब्ध गराउन विवेक देखाउनुपर्छ
सुन्नुहोस्

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन्। वार्ताका क्रममा सीले ताइवानलाई चीन–अमेरिका सम्बन्धको 'सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील मुद्दा' का रूपमा उल्लेख गरेका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले ताइवानलाई हतियार उपलब्ध गराउने विषयमा अमेरिका ‘सावधानी’ अपनाउनुपर्ने स्पष्ट सन्देश दिएका छन्। उनले यस कदमले क्षेत्रीय स्थिरता र दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनीसमेत दिएका थिए।

सी जिनपिङले चीनले अमेरिकासँगको सम्बन्धलाई ‘ठूलो महत्त्व’ दिने उल्लेख गर्दै आपसी संवाद र सहकार्यका माध्यमबाट विद्यमान मतभेद समाधान गर्ने उपाय खोजिनुपर्ने धारणा राखेका छन्। उनले दुवै पक्षले परस्पर सम्मान र समझदारीका आधारमा सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.