विज्ञापन बोर्डले भन्यो- कुनै माध्यमबाट निर्वाचन आचारसंहिताविपरीत सूचना प्रवाह नगर्नू

विज्ञापन बोर्डले भन्यो- कुनै माध्यमबाट निर्वाचन आचारसंहिताविपरीत सूचना प्रवाह नगर्नू
सुन्नुहोस्

काठमाडौं : विज्ञापन बोर्डले कुन पनि माध्यमबाट निर्वाचन आचारसंहिताविपरीत सूचना प्रवाह नगर्न आग्रह गरेको छ। 

बिहीबार सूचना प्रकाशन गरेर सामाजिक सञ्जाल लगायतका अन्य माध्यमको प्रयोग गरी कुनै दल तथा दलका उम्मेदवार वा नेता तथा कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा होच्याउने, भ्रम श्रृजना गर्ने जस्ता कार्य भइरहेको र त्यसबाट मतदातामा भ्रम श्रृजना हुने गरेको गुनासो बोर्डमा आइरहेकाले यसमा ध्यान दिन आग्रह गरेको हो। 

निर्वाचन आयोग र विज्ञापन बोर्डबीच निर्वाचनको समयमा हुने विज्ञापनको अनुगमन, नियमन, छानबिन र कारवाही गर्ने सहमति भई विज्ञापन बोर्डले निर्वाचनको समयमा भएका विज्ञापनको अनुगमन तथा नियमन गरिरहेको सूचनामा उल्लेख छ। 

बोर्डले फेक आईडीको प्रयोग गरी त्यस प्रकारका कार्य गर्ने/गराउनेलाई कारबाहीको दायरामा ल्याउने कार्य भइरहेको जनाएको छ। 

विज्ञापन क्षेत्रको नियामक निकाय विज्ञापन बोर्डले मतदातामा भ्रम श्रृजना गर्ने, होच्याउने तथा भ्रामक श्रव्य तथा श्रव्य दृश्य सामग्री प्रयोग गरि मतदातालाई झुक्काउने जस्ता कार्यको सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, विज्ञापन ( नियमन गर्ने) नियमावली, २०७७, निर्वाचन आचारसंहिता, २०८२, विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ विपरीत कुनै पनि गतिविधि भए/गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने बोर्डले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.