सीमा सुरक्षा बैठकमा ढलेका सशस्त्रका एसपी घिमिरेको निधन

सीमा सुरक्षा बैठकमा ढलेका सशस्त्रका एसपी घिमिरेको निधन
सुन्नुहोस्

विराटनगर : मोरङको विराटचोकमा आयोजित नेपाल-भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ।
 
नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बलका अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला शुक्रबार दिउँसो उनी बेहोस भएर ढलेका थिए।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख घिमिरे बैठकमा सहभागी भइरहेकै बेला अचानक ढलेपछि उपचारका लागि मोरङकै बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरिदिएका हुन्।

उच्च रक्तचापका कारण उनी ढलेको र बचाउन नसकिएको अस्पतालले जनाएको छ। बेहोस भएर ढल्ने क्रममा एसपी घिमिरेको जिब्रो काटिएको थियो। स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएपछि सघन उपचारका लागि भेन्टिलेटरको सहायता लिइएको थियो। उनको शव अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । आफन्त र परिवारका सदस्यलाई खबर भइसकेको अस्पतालले जनाएको छ। 

सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले घटनाको पुष्टि गरेका छन्। ‘बैठककै क्रममा उहाँ अचानक ढल्नु भएको  थियो,’ उनले भने, 'त्यसपछि तत्काल उपचारका लागि लागिएको भए पनि अस्पताल र चिकित्सकको प्रयास सफल भएन।’

नम्बर ३बाहिनी गाढीमाई मुख्यालय मकवानपुरमा सरुवा भएका घिमिरे शनिबार त्यता जाने तयारीमा थिए। तर, मोरङबाट बिदा हुनुअघि नै उनको निधन भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.