नेपाललाई पाचौं सफलता, दीपेन्द्रले लिए दुई विकेट
माघ २५, २०८२ आइतबार १६:३९:४९
काठमाडौं : आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ। दीपेन्द्र सिंह ऐरीले इङ्ल्यान्डका ज्याकोब बेथेल र साम कुरेनको विकेट लिएका हुन्।
ऐरीले ज्याकेबलाई लोकेश बमसँग क्याच गराए भने सामलाई बोल्ड गरे। त्यसअघि शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछानेले एक-एक विकेट लिएका थिए।