पावरप्लेमा नेपालले गुमायो दुवै ओपनर

पावरप्लेमा नेपालले गुमायो दुवै ओपनर
सुन्नुहोस्

मुम्बई : आइसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपालले पावरप्लेमा इङ्ल्यान्डविरुद्ध ४७ रन बनाएको छ।
 
मुम्बईको वाङ्खेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा २ विकेट गुमाउँदै ४७ रन बनाएको हो।

नेपालको पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखको विकेट गयो। उनले ९ बलमा १ चौकासहित ७ रन बनाउँदै क्याच आउट भए। उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ३७ रनको साझेदारी गरे। 

नेपालका आक्रमक ओपनर कुशल भुर्तेल २९ रनमा कट एण्ड बोल्ड भए। उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। ओपनर रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी क्रमशः ३ र ४ रनमा अविजित खेलिरहेका छन्। इङ्ल्यान्डका लागि विल ज्याक्स र लियम डाउसनले १-१ विकेट लिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.