चरिकोटमा बालेन क्रेज

चरिकोटमा बालेन क्रेज
सुन्नुहोस्

दोलखा : काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह एकाएक दोलखाको सदरमुकाम चरिकोट आएका थिए। बालेन आउने खबर औपचारिक रूपमा सार्वजनिक नगरिए पनि उनको आगमनले चरिकोट बजार क्षेत्र शुक्रबार केहीबेरका लागि खचाखच बन्यो । सामान्यतया अन्य राजनीतिक दलका नेताहरू कार्यक्रमसहित, प्रचार प्रसार गरेर आउँदा मात्रै जनताको उपस्थिति देखिने चरिकोटमा खबरै नदिई आएका बालेनलाई देख्न र भेट्न सर्वसाधारणको उल्लेख्य भीड थियो । उनलाई हेर्न र तस्विर खिचाउन युवादेखि व्यवसायी, सर्वसाधारणसम्म लालयित बने ।

राजनीतिक जित हार आफ्नै ठाउँमा भए पनि बालेनको पहिचान परम्परागत दलका नेताभन्दा फरक देखिन्छ । स्पष्ट बोली, कडा निर्णय शैलीले उनीप्रति विशेषगरी युवापुस्ताको चासो अझै कायमै रहेको देखिन्छ । चरिकोटमा देखिएको भीडलाई धेरैले यही जनआकर्षणको परिणामका रूपमा विश्लेषण गरेका छन् । पुराना राजनीतिक दलका नेताहरूका वर्षों दोहोरिएका चर्का भाषण, अधुरा प्रतिबद्धता र व्यवहारमा नदेखिने परिवर्तनबाट आजित भएका सर्वसाधारणमा अब 'कम बोल्ने तर केही गरेर देखाउने' नेतृत्वप्रति आशा पलाएको यहाँका युवा बताउँछन् । पहिले जितेकाले दुई दशकसम्म सधै दोलखाको विकास र समृद्धिको नारा मात्र लगाएको, यसपटकको चुनावमा पनि त्यही कुरा दोहो-याएकाले दोलखाली जनता निराश छन्। 'पहिले उठेर जित्ने बेलामा पनि समृद्ध दोलखा भन्ने सुनिन्थ्यो । आज पनि तिनै कुरा सुनिन्छ । यो बीचमा कसरी समृद्ध भयो र किन हुन सकेन भन्ने चाहिँ बोलेको पाइएन, पुराना दलका उम्मेदवारका भाषणदेखि दिक्क एक युवा सुनाउँछन् ।

चरिकोटमा देखिएको भीड केवल कौतुहल मात्रै नभई, स्थापित राजनीतिक अभ्यासप्रति निराश भएका जनताको मौन अपेक्षाको संकेत भएको स्थानीयहरू बताउँछन्। धेरै बोल्नेभन्दा केही गरेर देखाओस भन्ने चाहना अहिले जनतामा बलियो हुँदै गएको छ।

राजनीतिमा जित हार र पद आफ्नै ठाउँमा भए पनि बालेनले बोकेको फरक सोच र कार्यशैलीले उनलाई वैकल्पिक नेतृत्वको प्रतीकका रूपमा उभ्याएको देखिन्छ । औपचारिक कार्यक्रम नै नभए पनि, उनको उपस्थितिले चरिकोटजस्तो ठाउँमा पनि उल्लेख्य चासो र बहस सिर्जनाको विषय बनेको छ। चरिकोट आइपुगेका वालेनलाई कतिपयले सडकबाटै उनलाई अभिवादन गरे भने कतिपयले फोटो खिचेर सामाजिक सञ्जालमा सेयर गरेका थिए।

बालेनको छोटो बसाई भए पनि उनको उपस्थितिले चरिकोटको चहलपहल बढाएको थियो। खबरे नदिई आएको एक नेताले यति ठूलो भीड़ तानेको दृश्यले राष्ट्रिय राजनीतिमा बालेनको प्रभाव राजधानी बाहिर पनि फैलँदै गएको संकेत गरेको स्थानीय जानकारहरूको आकलन छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.