मापसे गरी मोटरसाइकल चलाउँदा दुर्घटना : युवकको ज्यान गयो, श्रीमती घाइते

मापसे गरी मोटरसाइकल चलाउँदा दुर्घटना : युवकको ज्यान गयो, श्रीमती घाइते
सुन्नुहोस्

विराटनगर : मोरङको रंगेलीमा आइतबार दिउँसो मादक पदार्थ सेवन (मापसे) गरी चलाइएको मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन्। 

हुलाकी सडक खण्डअन्तर्गत रंगेली नगरपालिका-२ स्थित चेकापुल नजिक मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। प्रहरीका अनुसार को ३० प ३९१५ नम्बरको मोटरसाइकल दिउँसो करिब १:२५ बजे आफैं सडकमा पल्टिँदा चालक र पछाडि सवार दुवै जना घाइते भएका थिए। गम्भीर अवस्थामा रहेका चालकलाई तत्काल रंगेली अस्पताल पुर्‍याइए पनि उपचार सुरु हुनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा मृत्यु हुने व्यक्ति रंगेली नगरपालिका-५ का ३३ वर्षीय रामनारायण महतो रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए। महतोकी श्रीमती ३० वर्षीया द्रौपति महतो घाइते भएकी छन्। उनको रंगेली अस्पतालमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल चालकले मादक पदार्थ सेवन (मापसे) गरेको खुलेको छ। मापसे र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.