रौतहटमा १७ हजार ३१९ किशोरीलाई निःशुल्क खोप
रौतहट : किशोरीहलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यसहित आजदेखि एचपीभी (HPV) खोप अभियान सुरु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटले दुई चरणमा सञ्चालन गर्ने यो अभियानअन्तर्गत जिल्लाभर १७ हजार ३ सय १९ किशोरीलाई निःशुल्क खोप लगाइने जनाएको छ ।
पहिलो चरणमा माघ २९ गतेसम्म फतुवा विजयपुर, बौधिमाई, मौलापुर, गढिमाई, ईशनाथ, परोहा, देवाही गोनाही र राजपुर नगरपालिकामा खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।
दोस्रो चरणमा फागुन १ गतेदेखि फागुन ६ गतेसम्म चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा, माधव नारायण, गौर, कटहरिया र राजदेवी नगरपालिका तथा यमुनामाई र दुर्गा भगवती गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अभियानअन्तर्गत विद्यालय जाने कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरिएको हो ।
जनस्वास्थ कार्यालय रौतहटका प्रमुख राजेश सिंहले पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर स्वास्थ्य समस्या भएकाले एचपीभी खोप अभियान सफल बनाउन अभिभावक, विद्यालय, स्थानीय तह तथा सरोकारवाला सबैलाई सहकार्य गर्न अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !