दार्चुलामा एक महिला आफ्नै घरमा मृत फेला

दार्चुलामा एक महिला आफ्नै घरमा मृत फेला
सुन्नुहोस्

दार्चुला : दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी मंगलबार बिहान घरमा मृत अवस्थामा फेला परेकी हुन्। घरमा एक्लै बस्दै आएकी जोशीको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार घटनाबारे बिहान करिब ९ बजे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक निरज भाट नेतृत्वको टोली घटनास्थलमा पुगेको छ। प्रारम्भिक अनुसन्धानमा मृतकका सुनका गरगहना लुटपाट गरिएको आशङ्का गरिएको छ।

मृतक जोशीका आफ्नै सन्तान नभएको र उनका श्रीमान् अर्कै घरमा बस्दै आएको बताइएको छ। प्रहरीले घटनालाई सम्भावित हत्या मानी प्रमाण सङ्कलन तथा थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.