मोरङबाट भरुवा बन्दुक र वाकीटकीसहित २ जना पक्राउ

मोरङबाट भरुवा बन्दुक र वाकीटकीसहित २ जना पक्राउ

विराटनगर : मोरङको सुन्दरहरैँचाबाट पेस्तोल, भरुवा बन्दुक र हेण्डसेट (वाकिटाकी)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुन्दरहरैँचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु सुन्दरहरैँचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरीका सुचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए।

उनका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले दुवै जनालाई सोमबार साँझ ६ बजेतिर पक्राउ गरेको हो। लिम्बुको घरमा हतियार लुकाएर राखिएको विशेष सुचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी पसगेको थियो। 

प्रहरीले घर खानलतासी गर्ने क्रममा लिम्बु सुत्ने कोठाभित्र ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल, एउटा भरुवा बन्दुक र दुई थान हेण्डसेट फेला परेको डीएसपी चौधरीले जानकारी दिए। 

उनका अनुसार सोधपुछका क्रममा लिम्बुले उक्त हतियार गुरुङबाट लिएको बताएका थिए। त्यसलगत्तै प्रहरीले गुरुङलाई पनि पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ। उनीहरुले हतियार कहाँबाट र के प्रयोजनका लागि ल्याएका हुन भनेर यकिन हुन बाँकी रहेको जानकारी चौधरीले दिए।

पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ । इलाका प्रहरी कार्यालय बेलबारीले विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.