सेयर बजारको ओरालो यात्रा कायमै, ८ अर्ब ६९ करोडको कारोबार

सेयर बजारको ओरालो यात्रा कायमै, ८ अर्ब ६९ करोडको कारोबार

काठमाडौं : बुधबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.०४ अंकले घटेर २६६२.०९ विन्दुमा अडिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक १० अंक बढीले घटेको थियो। सो दिन ८ अर्ब ६१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।  

यो साताको पहिलो कारोबार दिनदेखि सेयर बजार निरन्तर ओरालो लागेको हो। आइतबार १०.२५ ,सोमबार २६  र  मंगलबार १०.२५ अंकले घटेको थियो।

यसदिन ३२९ स्क्रिप्सको २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड २२ लाख  ५० हजार  ८५५ रुपैयाँमा खरिदबिक्री भए। नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम मंगलबारको तुलनामा सामान्य वृद्धि भएको हो।

कारोबारमा आएकामध्ये ११३ वटा स्टक्सको मूल्य बढ्दा १३३ वटाको घट्यो। बाँकी १३ वटा स्टक्सको मूल्य स्थिर रह्यो। आज पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। रिडी पावरको सेयर सर्वाधिक ९.६७ प्रतिशतले घट्यो।

सिंगटी हाइड्रोपावरको सेयर ८.६८ प्रतिशतले बढ्दा आँखु खोला जलविद्युतको ७.२१ प्रतिशत,घलेम्दी हाइड्रोपावरको ५.६९ र पिपुल्स हाइड्रोपावरको ४.७३ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६५ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

आँखु खोला जलविद्युतले ६२ करोडको सेयर कारोबार गर्दा सिंगटी हाइड्रोपावरले ५८ करोड,एसवाइ प्यानल नेपाल २७ करोड र युनियन हाइड्रोपावरले २६ करोड मूल्य बराबरको सेयर कारोबार गरे। पाँच समूहको उपसूचक बढ्दा आठ समूहको उपसूचक नकारात्मक देखिए।

बैंकिङ,डेभलपमेन्ट, हाइड्रोपावर, इन्भेष्टमेन्ट र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक बाहेक बाँकी समूहको उपसूचक नकारात्मक देखिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.