जापानी दूतावासले काठमाडौंमा मनायो आफ्नो राष्ट्रिय दिवस

जापानी दूतावासले काठमाडौंमा मनायो आफ्नो राष्ट्रिय दिवस
सुन्नुहोस्

काठमाडौं : काठमाडौंस्थित जापानी दूतावासले मंगलबार जापानको राष्ट्रिय दिवस मनाएको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरुले ताहाचलस्थित आफ्नो निवासमा स्वागत समारोह आयोजना गरी जापानका महाराजाधिराजको ६६औँ शुभ जन्मोत्सवको अवसरमा दिवस मनाएका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा मन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, पूर्वमन्त्रीहरू, नेपालस्थित विभिन्न देशका राजदूत तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरू, सरकारी अधिकारी र जापानका शुभेच्छुकहरू सहभागी भएको दूतावासले जनाएको छ।

राजदूत मायदाले फागुन १ देखि ५ गतेसम्म राष्ट्रपति रामचन्द्र पौडेलले जापानको गरेको भ्रमणले नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको ऐतिहासिक अवसरलाई स्मरणीय बनाएको बताए। उनले उक्त भ्रमणले दुई देशबीचको दीर्घकालीन मित्रतालाई पुनः पुष्टि गर्दै आगामी वर्षहरूमा थप सहकार्यका मार्ग प्रशस्त गरेको बताए।

राजदूत मायदाले जापान नेपालसँगको साझेदारीलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको दोहोर्‍याउँदै शान्ति, समृद्धि र दिगो विकासका साझा लक्ष्यतर्फ सहकार्य विस्तार गर्ने अपेक्षा व्यक्त गरे। 

nullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.