भारतले तेस्रो खेपमा नेपाल सरकारलाई दियो ५० ट्रकसहित २७० बढी सवारी साधन

भारतले तेस्रो खेपमा नेपाल सरकारलाई दियो ५० ट्रकसहित २७० बढी सवारी साधन
सुन्नुहोस्

काठमाडौं : भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि सहयोगस्वरूप तेस्रो खेप सामग्री हस्तान्तरण गरेको छ। मंगलबार गृह मन्त्रालयमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई उक्त सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

भारतीय दूतावासका अनुसार तेस्रो खेप अन्तर्गत नेपाली सेनाका लागि ५० वटा ट्रकसहित २७० भन्दा बढी सवारी साधन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराइएको छ। आसन्न निर्वाचनको तयारीका लागि नेपाल सरकारले गरेको अनुरोधअनुसार उक्त सामग्री प्रदान गरिएको जनाइएको छ। नेपाली सेनाका लागि उपलब्ध गराइएका ट्रक प्रधान सेनापति महारथी अशोक राज सिग्देलले राजदूत श्रीवास्तवबाट ग्रहण गरेका थिए।

कार्यक्रममा गृहमन्त्री अर्यालले समयमै उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै यसलाई महत्वपूर्ण सहयोगका रूपमा उल्लेख गरे। उनले नेपाल-भारत सम्बन्ध आपसी विश्वास, मित्रता र लोकतान्त्रिक मूल्य-मान्यताप्रतिको साझा प्रतिबद्धतामा आधारित रहेको बताए।

यसअघि भारत सरकारले निर्वाचन सहयोगको पहिलो र दोस्रो खेप अन्तर्गत ३१० भन्दा बढी सवारी साधन तथा अन्य सामग्री माघ ६ र माघ १५ गते नेपाललाई हस्तान्तरण गरिसकेको छ। थप सहयोग आगामी दिनमा विभिन्न चरणमा उपलब्ध गराइने अपेक्षा गरिएको छ।

भारतीय दूतावासले यस्तो सहयोगलाई दुई देशबीचको बहुआयामिक विकास साझेदारीको निरन्तरता र आपसी विश्वास तथा मित्रताको प्रतीकका रूपमा उल्लेख गरेको छ। 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.