कांग्रेस नेता मात्र होइन, नीति नै बदलेर आएको छ : महामन्त्री घिमिरे

कांग्रेस नेता मात्र होइन, नीति नै बदलेर आएको छ : महामन्त्री घिमिरे
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आफ्नो पार्टीले नेता मात्र नभई नीति नै बदलेर आएको बताएका छन् । पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री घिमिरेले नेता र नेतृत्व दुबै बदलेको कांग्रेसले अब युवापुस्ताको आवाज सुन्दै अपनत्व बोकेर अगाडि बढ्ने दावी गरे ।

उनले विशेष महाधिवेशनले नयाँ पुस्ताको भावना, चाहना र जनतासँग अझै घनिष्ट भएर काम गर्ने अवसर दिएको बताउँदै देशलाई सही दिशामा मार्गनिर्देश गरेको बताए । उनले भने, ‘कांग्रेसको इतिहास र गौरवलाई जोगाउँदै नयाँ पुनर्जागरण भएको छ । यसले आम मतदाताको निराशालाई आशामा बदलिएको छ । कांग्रेसमा पुनर्जागरण ऊर्जा पैदा भएको छ । यसले धेरै ठूला उपलब्धिहरू दिलाउनेछ र देश अनि जनता लाभान्वित हुन्छन् ।’

महामन्त्री घिमिरेले जेनजी पुस्ता नेपालीको हरेक घरमा रहेको र यसले नेपाली इतिहासमा परिवर्तनका लागि ठूलो योगदान गरेको भन्दै उनीहरू नै भविष्यको नेपाल भएको पनि बताएका छन् । महामन्त्री घिमिरेले जेनजीका मागहरू जायज भएकाले नै भदौ २३ र २४ गते यो उथलपुथल भएको र राजनीतिक सुशासन कायम राख्ने कुरालाई पार्टीले गम्भीरतापूर्वक लिएको समेत बताएका छन् । उनले थपे, ‘जेनजी विद्रोहको उद्देश्य देशमा सुशासन कायम, भ्रष्टाचार निर्मुल र सामाजिक सञ्जाल चल्न दिनु नै थियो । यी सबै माग र मुद्दालाई नेपाली कांग्रेसले बोकेर अगाडि बढेको छ ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.