निर्वाचनमा बालबालिकालाई सहभागी नगराउन निर्देशन

निर्वाचनमा बालबालिकालाई सहभागी नगराउन निर्देशन
सुन्नुहोस्

रौतहट : आसन्न फागुन २१ को  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बालबालिकालाई कुनै पनि राजनीतिक तथा चुनावी गतिविधिमा संलग्न नगराउन जिल्ला प्रशासन कार्यालय रौतहटले स्पष्ट निर्देशन जारी गरेको छ । 

फागुन २१ गते २०८२ मा हुने निर्वाचनलाई स्वच्छ, मर्यादित र बालमैत्री बनाउन प्रशासनले सबै पक्षलाई सचेत गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बालबालिका राष्ट्रको भविष्य भएकाले उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि तथा मानसिक–शारीरिक शोषणबाट टाढा राख्नु राज्य, राजनीतिक दल र समाजको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा नेपालको संविधान, बाल अधिकारसम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताले समेत बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न निषेध गरेको स्पष्ट पारिएको छ । प्रशासनले सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकारवालालाई चुनावी सभा, जुलुस, प्रचारप्रसार लगायतका गतिविधिमा बालबालिकाको प्रयोग नगर्न विशेष आग्रह गर्दै निर्वाचन प्रक्रियालाई कानुनसम्मत र सभ्य बनाउन सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.