निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
सुन्नुहोस्

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचन निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गराउन सरकार जिम्मेवार र प्रतिवघ रहेको बताएकी छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरिएको जानकारी गराइन् । मन्त्री श्रेष्ठले निर्वाचन तयारीको कामलाई सरकार, निर्वाचन आयोग, नागरिक समाजलगायतका सबै पक्षले तीव्रताका साथ अघि बढाएको समेत बताइन् ।  मन्त्री श्रेष्ठले महिला मतदाताको संख्या बढाउने कुरामा पनि सरकारले आवश्यक वातावरण बनाउने काम गरिरहेको बताइन् ।

उनले भनिन्, ‘फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक संस्थाहरू सबै अग्रसर भएर अत्यन्तै तीव्र गतिमा काम गरिरहेका छन् । यसै तयारी स्वरूप हिजो आइतबारबाट निर्वाचन आयोगले पनि नागरिकहरूलाई सूचित, सचेत र जिम्मेवार मतदाता बनाउनका लागि मतदाता शिक्षा कार्यक्रमको पनि औपचारिक रूपमा सुरुवात गरिसकेको छ ।’

उनले भनिन्, ‘जेन–जी आन्दोलनपछिको यो विषय परिस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा वर्तमान सरकार बनेको छ । यसको मुख्य म्यान्डेट पनि यो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई कसरी निष्पक्ष, स्वच्छ, स्वतन्त्र, समावेशी र लोकतान्त्रिक तरिकाले गराउने जिम्मेवारी हाम्रो रहेको छ । यसमा हामी सबै तत्पर भएर काम गरिरहेका छौँ ।’ मन्त्री श्रेष्ठले निर्वाचनमा बालबालिकाहरूको दुरुपयोग हुन नदिन पनि सरकार सचेत रहेको बताएकी छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.