नेपाल-चीनबीच विगतमा भएको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त छु : नवनियुक्त चिनियाँ राजदूत

नेपाल-चीनबीच विगतमा भएको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त छु : नवनियुक्त चिनियाँ राजदूत
सुन्नुहोस्

काठमाडौं : नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले नेपाल र चीनबीच विगतमा भएका सम्झौता कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। चिनियाँ नयाँ वर्षको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रममा राजदूत माओमिङले दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयन गराउन आफूले सहजीकरण गर्ने बताए।

नेपाल र चीनबीच सदियौंदेखि सांस्कृतिक सम्बन्ध रहँदै आएको बताउँदै राजदूत माओमिङले एकअर्कालाई सहयोग गरेर अघि बढ्ने बताएका थिए। उनले चिनियाँ नयाँ वर्षको अवसरमा शुभकामना पनि दिएका थिए। 

null

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल सिन्हाले नेपाल-चीनबीचको सम्बन्धबारे चर्चा गरेका थिए। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चिनियाँ वर्ष आफ्नो महानगरपालिकामा मनाएकोमा दूतावासलाई धन्यवाद दिएका थिए। भूकम्पले क्षति पुर्‍याएपछि पाटन दरवार क्षेत्रमा भएको पुनर्निर्माणबारे मेयर महर्जनले चर्चा गरेका थिए। 

काठमाडौंस्थित चिनियाँ राजदूतावासले आयोजना गरेको कार्यक्रममा नेपालका कूटनीतिक नियोगका प्रतिनिधि र ललितपुर महानगरपालिकाका अधिकारीहरूको उपस्थिति रहेको थियो। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.