आग्रह र पूर्वाग्रहभन्दा माथि उठौं, मुद्दालाई सम्बोधन भएन भने अल्फा पुस्ताको विद्रोह बेहोर्नुपर्छ : विश्वप्रकाश शर्मा

आग्रह र पूर्वाग्रहभन्दा माथि उठौं, मुद्दालाई सम्बोधन भएन भने अल्फा पुस्ताको विद्रोह बेहोर्नुपर्छ : विश्वप्रकाश शर्मा

जनकपुर : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सबै खाले आग्रह र पूर्वाग्रहभन्दामाथि उठेर सुशासन स्थापित गर्नुपर्ने बताएका छन्। जनकपुरमा आज कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक समारोहमा शर्माले कसलाई जिताउनेभन्दा पनि विषम परिस्थितिमा देशलाई कसरी जोगाउने मूल प्रश्न रहेको बताएका हुन्।
 
‘यो मधेश हामी सबै नेपालीको पेटमा अन्न पुर्‍याउने उर्वर भूमि हो। देशलाई दुखी रहेको छ, मधेशलाई दुखिरहेको छ, कसलाई जिताउने भन्दा पनि विषम परिस्थीतिमा देशलाई कसरी जोगाउने त्यो मूल प्रश्न हो।’ शर्माले भने, ‘भएका काम नागरिकलाई बुझाउन नसक्दा, मुलुकलाई सहि ढंगले सुशासन दिन नसक्दा जे अवस्था भए त्यसलाई गहिराइसम्म बुझ्न आवश्यक छ।’

उनले जेनजी विद्रोहपश्चात कांग्रेस मध्यमार्गी बाटोमा भएको बताए। ‘आज चुनावको मुखमा भिन्न भिन्न प्रवृत्ति देखिएको छ। एउटा प्रवृत्ति छ सबै बेठीक थियो, बेकार थियो। एउटा छ भदौ अघि सबै ठिकठाक थियो तर, यो दुवै प्रवृति गलत हो। कांग्रेस मध्यमार्गी बाटोमा छ। शर्माले भने, ‘यदि सबै ठिक भएको भए मुलुकमा यत्रो आन्दोलन हुँदैनथ्यो। सबै पुस्तालाई सबै दललाई साझा दृष्टिको विकास गरौं। सबै खाले आग्रह र पूर्वाग्रहभन्दामाथि उठेर सुशासन स्थापित गर्ने साझा संकल्प गरौं। जे जस्ता ज्वलन्त मुद्दामा विद्रोह र विस्फोट भयो त्यसलाई जरामा पुगेर सम्बोधन गर्न सकिएन भने आज जेनजीको नेतृत्वमा विद्रोह भयो अबको दश वर्ष पछाडि अल्फाको नेतृत्वमा विद्रोह भोग्नु पर्ने अवस्था आउन सक्दछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.