पूर्वसञ्चारमन्त्रीको गाउँमा अझै ‘नो नेटवर्क’

पूर्वसञ्चारमन्त्रीको गाउँमा अझै ‘नो नेटवर्क’
सुन्नुहोस्

दोलखा : प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर सबै दलका नेताहरू घरदैलो अभियानमा जुटिरहेका छन्। यही क्रममा दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिका सुरीमा पनि विभिन्न दलका नेताहरू घरदैलो अभियानमा छन्। गौरीशंकरका स्थानीयहरू आफ्ना दैनिकीका पीडा सुनाउन थालेका छन्। सुरी चारैतिर डाँडाले घेरिएकाले चरीकोट र हनुमन्ते डाँडाको टावरले काम गर्दैन। नेटवर्क खोज्नका लागि अग्लो डाँडा खोज्नुपर्ने बाध्यात्मक अवस्था छ स्थानीय चलित्र खड्काले भने।

गौरीशंकर–५ सुरी पूर्वसञ्चारमन्त्रीको गाउँ हो। तर, गाउँमा अझै टेलिफोनको नेटवर्क नभएको स्थानीयको गुनासो छ। डिजिटल नेपालका ठूला–ठूला भाषण राजधानीमा गुञ्जिरहँदा, पूर्वसञ्चारमन्त्रीकै गाउँमा ‘नो नेटवर्क’को अवस्था रहनु राज्यको विकास प्राथमिकतामाथि गम्भीर प्रश्न खडा गर्ने विषय बनेको छ। आगामी चुनावमा यस्ता आधारभूत मुद्दाले मतदाताको निर्णय कति बदल्ला भन्ने प्रश्न अहिले गौरीशंकरको सुरीमा चर्किंदै गएको छ।

चुनाव ताका नेताहरूले यतिकै आश्वासन दिन्छन तर चुनाव सकेपछि नेताको नाक मुख देखिँदैन समस्या यही छ। सुरीमा टेलिफोन नेटवर्क मात्र होइन, सडक, यातायात, स्वास्थ्यजस्ता आधारभूत समस्या वर्षौंदेखि जस्ताको तस्तै छन्। हामी भाषण होइन, काम चाहन्छौं, अर्का स्थानीय नवराज खड्काले बताए। ‘मोबाइल त अब गीत सुन्न मात्रै हो, फोन गर्न त डाँडो चढ्नुपर्छ। चुनाव आउँदा मात्र नेताहरू आउँछन् तर हाम्रो दैनिक समस्या कसैले सुन्दैन,’ स्थानीय पासाङ शेर्पाले भने।

पार्वत गुरुङ २ पटक यस क्षेत्रबाट चुनाव जितेर सांसद बनिसकेका छन्। यसपटक पनि उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। गुरुङ सञ्चारमन्त्री बन्दा पनि आफ्नो गाउँमा टेलिफोन टावरको व्यवस्था गर्न सकेनन् तर अन्य दलका नेताहरूले गुरुङको विपक्षमा यही मुद्दाहरू उठाइ रहेका छन्। घरदैलोमा पुगेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा निर्वाचनका प्रत्यासी अजयबाबु शिवाकोटीले गौरीशंकर गाउँपालिका क्षेत्रको घरदैलो अभियानमा यही आश्वासन दिएका छन्, आफू संसदमा पुगेपछि टेलिफोन टावरको व्यवस्था गर्छु। घरदैलो अभियानका क्रममा स्थानीयसँगको संवादमा भौगोलिक अवस्था हेर्दा टेलिफोन सेवाको समस्या नहुनुपर्ने ठाउँमा समेत नेटवर्क नपुग्नु दुःखद भएको नेता शिवाकोटीले बताए। गाउँको भू–बनोट हेर्दा त फोन नलाग्ने अवस्था हुनु नपर्ने हो तर यहाँ त गम्भीर समस्या रहेछ। घरदैलो अभियानमा सुरी पुग्दा गाडीमा समस्या आएपछि पछाडि छुटेका साथीहरूलाइ सम्पर्क गर्न खोज्दा मोबाइलमा सिग्नल नदेखाएपछि पूर्वसञ्चारमन्त्रीकै गाउँका जनताले यस्तो समस्या भोग्नु लज्जास्पद विषय भएको उनले बताए।

आफू संसदीय चुनावमा प्रत्याशी रहेको उल्लेख गर्दै भने, ‘निर्वाचित भएमा गौरीशंकरवासीलाई मात्र होइन, पार्वत गुरुङलाई समेत सहज रूपमा टेलिफोन सम्पर्कमा जोडिने वातावरण बनाउने प्रतिबद्धता गर्छु।’ सञ्चार मन्त्रालय र नेपाल टेलिकमसँग समन्वय गरेर अर्को वर्षभित्रै सबैलाई सहज हुने गरी टेलिफोन नेटवर्क विस्तार गर्ने स्पष्ट प्रतिबद्धतासमेत जनाए।

घरदैलोका क्रममा शिवाकोटीले त्यहाँका स्थानीय बासिन्दासँग लामो कुराकानी पनि गरे। स्थानीयहरूका गुनासाहरू प्रायः एउटै थिए। नेटवर्क नलाग्ने, नेताहरूले जनताको मर्म नबुझ्ने। चरिकोट र हनुमन्ते क्षेत्रबाट आउने नेटवर्क गहिरा बस्तीमा काम नगर्ने स्थानीयको गुनासो थियो। गौरीशंकर गाउँपालिका पूर्वमन्त्री गरुङलगायत पूर्ववनमन्त्री विशाल खड्का तथा पूर्वराज्यमन्त्री देवी खड्काको गृहपालिका पनि हो। पटकपटक मन्त्री बनिसके पनि यहाँका नागरिकमा टेलिफोन, यातायात, स्वास्थलगायतको सहज पहँच नभएको स्थानीहरूको गुनासो छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.