सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिका–४ साहान निर्माणाधीन हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप भएको छ । झडपमा पाँच जना चिनियाँसहित सात जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार मरिण गाउँपालिका–६ धमिले बस्ने बर्ष ३० को नबराज बम्जनलाई कामबाट निकालेको बिषयलाई लिएर वादविवाद हुँदा दुबै पक्षबीच झडपको अवस्था आएको हो । 

सोमबार बिहान पौने ९ बजे झडप भएको हो । झडपमा मरिण गाउँपालिका–६ धमिले बस्ने बर्ष ३० को नवराज बम्जन घाइते भएका छन् । उनको दायाँ आँखामा र दायाँ खुट्टामा चोट लागेका कारण थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको प्रहरीले जनाएको छ । 

यस्तै उदयपुरको कटारी नगरपालिका–१२ बस्ने बर्ष २२ को गोकर्ण कटुवाल पनि घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । झडपमा पाँच जना चिनियाँ कामदार घाइते भएका छन् । घाइते हुनेहरूमा चीन घर भई हाल हिमालयन फुड कम्पनीमा काम गर्ने बर्ष ३८ मिस्टर याङ कानमा, ४५ को याङ हाईबो, बर्ष ४० का छ्याङ छोङ, बर्ष ४६ को  चुजेन र बर्ष ३१ को लेउसेन्सी रहेका छन् ।

उनीहरू सबैको प्रायः टाउको र हातमा चोट लागेको छ । घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भईरहेको छ । घटना लगत्तै ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट १० र निर्वाचन प्रहरी १५ गरी २५ जनाको सुरक्षा टोली परिचालन गरिएको छ । थप घटना हुन नदिन थप सुरक्षाकर्मी परिचालन गर्ने र घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरी प्रमुख सुवेदीको भनाई छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.