अब कसैले बुथ कब्जाको कल्पना नगरे हुन्छ : ओली


झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कसैले चुनावमा बुथ कब्जा गर्ने कल्पना नगरे हुने बताएका छन् । उनले नेकपा एमालेले कसैलाई बुथ कब्जा गर्न नदिने चेतावनी दिए । 

झापाको दकममा सोमबार कोशीको नेशनल भोलिन्टियर्स फोर्सको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बुथ कब्जा गर्न नदिइने बताएका हुन् । ‘कसैले बुथ कब्जा गर्छु भन्छ भने कल्पना नगरेर हुन्छ । बुथ कब्जा गर्ने छुट दिइने छैन,’ ओलीले भने, ‘कसैले बुथ कब्जा गर्न पाउने पनि छैन ।’

त्यसका लागि भोलिन्टियर्स फोर्स गठन गरिएको उनको भनाइ थियो । उनले हरेक बुथमा भोलिन्टियर्स राख्ने बताएका छन् । उनले देशभरका हरेक बुथमा कम्तिमा ३० जना भोलेन्टियर्स राख्न समेत निर्देशन दिए । प्रहरी र सरकारलाई शान्ति सुव्यवस्था कायम गर्न फोर्सले सहयोग गर्ने उनको भनाइ थियो । उनले टोलटोलमा भोलेन्टियर्स फोर्स गठन गर्न निर्देशन दिंदै यसका लागि पार्टीले आवश्यक सहयोग गर्ने बताए । उनले फोर्सलाई स्थानीय पार्टीले पनि हस्तक्षेप गर्न नहुने बताए ।

 एमालेले आफ्नो नेतृत्वमा देशका धेरै विकासका काम गरेको पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले दावी गरे । उनले देशको जुनसुकै कुनामा गए पनि एमालेले के गर्‍यो भनेर सोधे जवाफ पाइने बताए । अध्यक्ष ओलीले भने, ‘जहाँ उभिएको छ, त्यो ठाउँबाट हेरे एमालेले गरेको विकास सजिलै देखिन्छ ।’ अध्यक्ष ओलीले गर्भमा हुँदादेखि अन्तिम सँस्कारसम्मका लागि एमालेले नागरिकका पक्षमा काम गरेको दावी गरेका छन् । उनले किशोर–किशोरी, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएकाहरुको पक्षमा एमालेले काम गरेको बताएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.