निर्वाचन सुरक्षाबारे ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले भनिन्- अवस्था सन्तोषजनक छ

निर्वाचन सुरक्षाबारे ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले भनिन्- अवस्था सन्तोषजनक छ
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएकी छन्। प्रधानमन्त्री कार्कीले मंगलबार बालुवाटारमा सबै सुरक्षा प्रमुखहरूलाई बोलाएर जानकारी लिएकी हुन्।

गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायतको उपस्थितिमा हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि भएको छ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताइन्। उनले चुनौती सिर्जना गर्नसक्ने सम्भावित व्यक्ति र समूहको पहिचान गरी तिनीहरुको कडा निगरानी र नियन्त्रणका उपाय अपनाउन निर्देशन पनि दिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.