ब्राजिलमा बाढी र पहिरोमा परी २३ जनाको मृत्यु, ४० भन्दा बढी बेपत्ता

ब्राजिलमा बाढी र पहिरोमा परी २३ जनाको मृत्यु, ४० भन्दा बढी बेपत्ता
सुन्नुहोस्

साओ : दक्षिण-पूर्वी ब्राजिलको मिनास गेराइस राज्यमा परेको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार गत सोमबारदेखि सुरु भएको वर्षाले विशेषगरी जुइज डे फोरा नगरपालिकामा ठूलो क्षति पुर्‍याएको हो, जहाँ १८ जनाको ज्यान गएको पुष्टि भएको छ। मंगलबारदेखि उद्धारकर्मीहरू तालिमप्राप्त कुकुरहरूसहित भग्नावशेषमा पुरिएका मानिसकहरुको खोजी कार्यमा जुटेका छन्।

अधिकारीहरूका अनुसार वर्षा सुरु भएदेखि हालसम्म ४० भन्दा बढी मानिस बेपत्ता भएका छन्। उद्धार टोलीले हिलो र भग्नावशेषमुनि दबिएकाहरूको खोजी कार्य जारी राखेको छ। 

जुइज डे फोराका मेयर मार्गरिडा सालोमाओका अनुसार उक्त क्षेत्रमा कम्तीमा २० वटा ठूला पहिरो गएका छन् भने कैयौँ घरहरू ध्वस्त भएका छन्। बाढीका कारण उक्त सहरबाट कम्तीमा ४४० जना विस्थापित भएका छन्। जुइज डे फोरा नजिकैको उबा सहरमा पनि ७ जनाको मृत्यु भएको छ। 

विशेषगरि वर्ष र पहिरो मानिसहरू राति घरभित्र सुतिरहेका बेला आएको थियो। 

मेयर सालोमाओले यस वर्षको फेब्रुअरी महिना इतिहासकै सबैभन्दा बढी पानी परेको बताएका छन्। उनका अनुसार मात्र चार घण्टामा १८० मिलिमिटरभन्दा बढी भीषण वर्षा भएको छ। यो आफ्नो प्रशासनको सबैभन्दा दुखद दिन रहेको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रभावित क्षेत्रमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले विस्थापितहरूको पुनःस्थापना, आधारभूत सेवाको पुनर्बहाली र मानवीय सहायतालाई प्राथमिकतामा राखेको बताए। 

हाल मिनास गेराइसको दमकल विभागबाट जुइज डे फोरामा १०८ र उबामा २८ जना अधिकारीहरू उद्धारका लागि खटिएका छन्। आगामी केही दिनसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान गरिएकाले उद्धार कार्यमा थप चुनौती थपिने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.