गड्डाचौकी नाका तीन दिन बन्द
महेन्द्रनगर : भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकी तीन दिन बन्द हुने भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका सीमा नाका तीन दिन बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीवार राति १२ बजेसम्मका लागि भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिए ।
उनका अनुसार फागुन २० गते राति १२ बजेदेखि एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा तथा अनुमति प्राप्त सवारीसाधन बाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा मतदान कार्य नसकिएसम्मका लागि रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस !