घरमाथि रुख ढल्दा च्यापिएर महिलाको मृत्यु, एकजना घाइते

घरमाथि रुख ढल्दा च्यापिएर महिलाको मृत्यु, एकजना घाइते
सुन्नुहोस्

महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका–३  स्थित पेलितालमा घरमाथि रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ। अर्की महिला घाइते भएकी छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गए राति स्थानीय कुलबहादुर महताको टायलले छाएको कच्ची घरमाथि घर नजिकै रहेको कुसुमको रुख ढल्दा घर भत्किएपछि घरभित्र रहेका ५० वर्षीया सारदा देवी महताको मृत्यु भएको हो।

महताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए । सोही घरभित्र रहेकी उजिर सिंह महताकी ४० वर्षीया सीता महता घाइते भएकी छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। महाकाली प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत रिफर गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.