निर्वाचन सुरक्षाका लागि मुगुका हिमाली भेगमा सेनाको 'घोडा गस्ती'

निर्वाचन सुरक्षाका लागि मुगुका हिमाली भेगमा सेनाको 'घोडा गस्ती'
दुर्गमा बस्तिमा सुरक्षा गस्ति गर्दै नेपाली सेना

मुगु : आगामी ७ दिनपछि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष,भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन  नेपाली सेनाले उच्च हिमाली जिल्ला तथा दुर्गम क्षेत्रमा गस्ती तीव्र बनाएको छ ।

भौगोलिक रूपमा अत्यन्त कठिन तथा सडक सञ्जालको अभाव रहेको मुगुम कार्मारोङ गाउँपालिका अन्तर्गत मुगुम, डोल्फु लगायतका बस्तीहरूमा सेनाको उपस्थितिलाई सुदृढ पारिएको हो। 

रारा राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ श्री हनुमानध्वज गुल्मले निर्वाचनको मिति नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै हिमाली बस्तीमा घोडा चढेर नियमित तथा विशेष गस्ती सञ्चालन गर्न थालेका छन ।

श्री हनुमानध्वज गुल्मका गुुल्मपति सेनानी खड्ग बहादुर श्रेष्ठका अनुसार हालसम्म मुगु जिल्लाभित्रका सबै मतदान स्थलहरूमा सुरक्षा अवस्थाको निरीक्षण तथा गस्ती सम्पन्न भइसकेको छ। दुर्गम र पैदलमार्ग मात्र उपलब्ध क्षेत्रहरूमा समेत सुरक्षा पहुँच सुनिश्चित गर्न घोडाको प्रयोग गरी गस्ती सञ्चालन गरिएको छ।

स्थानीय बासिन्दालाई सुरक्षाको प्रत्याभूति दिलाउने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन पूर्वतयारी स्वरूप गस्ती बढाइएको सुरक्षा स्रोतले जनाएको छ। निर्वाचन अवधिभर जिल्लाका संवेदनशील तथा विकट क्षेत्रहरूमा निगरानीलाई निरन्तरता दिइने पनि बताइएको छ।

मुगु जस्तो दुर्गम हिमाली जिल्लामा मौसम र भौगोलिक कठिनाइका बाबजुद सुरक्षा संयन्त्र सक्रिय रूपमा खटिँदा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा स्थानीयवासीले गरेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.