मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
सुन्नुहोस्

विराटनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–२ मा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री वृद्धको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३५ प ९७५९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेका पैदलयात्री बेलबारी–२ लालभित्तीका अन्दाजी ७९ वर्षीय जसबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलले बिहीबार दिउँसो १:३० बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। 

उपचारकै क्रममा राति १० बजेतिर राईको मृत्यु भएको जानकारी मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले दिए। प्रहरीले मोटरसाइकल र चालक मोरङको उर्लाबारी नगरपालिका–५ का २१ वर्षीय अभिषेक निरौलालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको पत्ता लागेको इन्स्पेक्टर न्यौपानेले बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.