निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा निरन्तर निगरानी

निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा निरन्तर निगरानी

रौतहट : प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै रौतहटको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। जिल्ला सुरक्षा समन्वयको बैठकको निर्णय बमोजिम फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी जिल्लाका विभिन्न नाकाहरूमा विशेष निगरानी बढाइएको हो ।

विशेषगरी गौर भन्सार,ईशनाथ नगरपालिकाअन्तर्गत पर्ने लतमरी सीमावर्ती नाका र बौधीमाईको बन्कुल नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कडा चेकजाँच सुरु गरेको छ।

सीमा क्षेत्रमा आवतजावत गर्ने मोटरसाइकल र अन्य सवारी चालकहरूको अनुमतिपत्र तथा आवश्यक कागजातहरूको परीक्षण भइरहेको छ, भने अरु तीनै सुरक्षा निकाय  नेपाली सेना,नेपाल प्रहरी र अनुसन्धान विभागले समेत गस्ती देखि सूक्ष्म निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए।

उनले होली पर्व मर्यादित भएर मनाउन आग्रह गर्दै एक आपसको धर्म संस्कृतिको सम्मान गरेर शान्ति कायम राख्नु सबै जिल्लाबासीको कर्तव्य भएको बताए। निर्वाचनको समयमा सीमापारिबाट हातहतियार,विष्फोटक पदार्थ,मदिरा र लागूऔषध जस्ता अवैध वस्तुहरू भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी र नेपाल प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी प्रमुख,प्रहरी उपरीक्षक सिताराम रिजालले बताए। 

उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडि (फागुन १८ गतेदेखि) सीमा नाका पूर्ण रूपमा बन्द गरिने छ,मदिरा बिक्री बितरण बन्द गरिने र अवाञ्छित क्रियाकलाप गर्ने,आपराधिक पृष्ठभुमि भएकामाथी विशेष निगरानी बढाईएको उपरीक्षक रिजालले बताए।

मतदाताहरूले भयरहित वातावरणमा मतदान गर्न सकून भन्ने उद्देश्यले जिल्लाभर नेपाल प्रहरीको मोबाईल स्ट्राइकिङको रुपमा २४ सै घण्टा परिचालन हुने उपरीक्षक रिजालले बताए। ५ सय ४१ वटा मतदान केन्द्र रहेको रौतहटमा अति संवेदनशील र संवेदनशील जिल्लाभरिको २ सय ७७ वडाका स्थायी मतदान केन्द्र र ३ वटा अस्थायी मतदान केन्द्रमा सुरक्षा व्यवस्था  कडा पारेर निर्वाचन सम्पन्न गराउन रौतहट प्रहरी लागेको उपरीक्षक रिजालले बताए।

सुरक्षा निकायले कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र निर्वाचन आचारसंहिताको पालना गराउन चौबीसै घण्टा गस्ती र निगरानी गरिरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.