लगातार उकालो लागिरहेको सुनको भाउ आज कति छ ?
काठमाडौं : नेपाली बजारमा लगातार उकालो लागिरहेको सुनको भाउ शुक्रबार भने ओरालो लागेको छ । चार दिनमा १० हजार सात सय बढेको सुनको मूल्य आज भने केहि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ तीन लाख १४ हजार नौं सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तोलामा ६ सय बढेर सुनको भाउ तीन लाख १५ हजार चार सय रुपैयाँ पुगेको थियो ।
गएको आइतबारदेखि मंगलबारसम्म लगातार बढेको सुनको मूल्य बुधबार भने स्थिर थियो । गएको माघ १५ गते एकै दिन तोलामा २० हजार पाँच सय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ । चाँदीको भाउ आज तोलाको पाँच हजार सातसय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो । चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च भएको महासंघले जनाएको छ । माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
प्रतिक्रिया दिनुहोस !