सुनको मूल्य घट्यो,चाँदी बढ्यो, बजार मुल्य के छ ?
काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९०० कायम भएको छ।
बिहीबार प्रतितोला सुन ३ लाख १५ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो। बिहीबारको तुलनामा आज ५०० रुपैयाँले कमी हो।
यस्तै चाँदीको मूल्य भने वृद्धि भएको छ। बिहीबारको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला चाँदी ५ हजार ७४० रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला चाँदीको भाउ ५ हजार ७२५ निर्धारण भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ५ हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !