नासाको चन्द्रमा अभियानमा महत्वूर्ण परिवर्तन, चीनसँग प्रतिष्पर्धा
काठमाडौं : नासा (NASA) ले आफ्नो चन्द्रमा अभियान Artemis कार्यक्रम मा महत्वपूर्ण परिवर्तनको घोषणा गरेको छ । चन्द्रमामा पुनः अवतरण गर्ने योजना अघि बढाउँदै उसले अब अतिरिक्त एक मिसन थप्ने निर्णय गरेको छ ।
पहिलेको योजनाअनुसार, Artemis II मिसनले (हाल अप्रिलमा तय गरिएको) चन्द्रमाको वरिपरि परिक्रमा गर्ने थियो र त्यसपछि Artemis III ले सन् २०२८ मा चन्द्रमामा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य राखेको थियो । तर नयाँ योजनाअनुसार, Artemis III अब सिधै चन्द्रमा नजाने भएको छ । सन् २०२७ मा यो मिसनले अन्तरिक्ष यात्रीलाई पृथ्वीको नजिकको कक्षामा पठाएर चन्द्र अवतरण यानसँग डकिङ अभ्यास गर्नेछ ।
नासाले भनेको छ कि यो अतिरिक्त उडानले चन्द्रमामा फर्किने तालिका ढिला पार्ने छैन । उसले अझै पनि २०२८ सम्म Artemis IV र सम्भवतः Artemis V अन्तर्गत एक वा दुई चन्द्र अवतरण गर्ने लक्ष्य राखेको छ । नासाका प्रशासक Jared Isaacman ले भने कि लामो समयसम्म प्रक्षेपणबीच अन्तर नहोस् भनेर यो अतिरिक्त चरण थपिएको हो । उनका अनुसार, पृथ्वीको कक्षामा नै प्रणाली परीक्षण गर्दा जोखिम कम हुनेछ ।
Artemis II मिसनले चार अन्तरिक्ष यात्रीलाई चन्द्रमाको पछाडिको भागसम्म उडाएर पुनः पृथ्वी फर्काउने योजना छ । सुरुमा मार्चमा प्रक्षेपण गर्ने लक्ष्य राखिएको थियो, तर केनेडी स्पेस सेन्टमा रहेको ‘स्पेस लञ्च सिष्टम’ रकेटमा हेलियम चुहावट भेटिएपछि ढिलाइ भयो । अहिले रकेट मर्मतका लागि भेइकल एसेम्ब्ली Vehicle Assembly Building मा लगिएको छ र सबै काम सम्पन्न भएपछि मात्र नयाँ प्रक्षेपण मिति घोषणा गरिनेछ ।
चन्द्र अवतरण यानको चुनौती
नासाले अहिलेसम्म अन्तिम रूपमा चन्द्र अवतरण यान चयन गरेको छैन । SpaceX ले Starship रकेटमार्फत चन्द्रमा पुग्ने ल्यान्डर निर्माण गर्ने ठेक्का पाएको छ, तर क्तबचकजष्उ मा भएको ढिलाइले योजनामा असर परेको छ । त्यसैगरी Blue Origin लाई पनि छिटो कार्यान्वयन योजना पेश गर्न आग्रह गरिएको छ ।
चीनसँग प्रतिष्पर्धा
अमेरिका चन्द्रमामा फर्किन दबाबमा छ किनभने चीनले सन् २०३० सम्म चन्द्रमा अवतरण गर्ने लक्ष्य राखेको छ । दुवै देश चन्द्रमाको दक्षिण ध्रुव क्षेत्रमा आधार स्थापना गर्ने प्रतिष्पर्धामा छन् । नासाको नयाँ योजना चन्द्र अवतरणअघि सबै प्रविधि र प्रणालीको सुरक्षित परीक्षण गर्ने उद्देश्यले तयार गरिएको हो, जसले भविष्यको अवतरणलाई अझ सुरक्षित र सफल बनाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !