इरान विरुद्धको युद्धमा हाम्रा सेना पनि मारिन सक्छन्: ट्रम्प
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्र जारी सैन्य कारबाहीका क्रममा अमेरिकी सैनिकहरूको ज्यान जान सक्ने चेतावनी दिएका छन्। एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले यस मिसनलाई 'भविष्यका लागि आवश्यक र महान् अभियान' को संज्ञा दिएका छन्।
भिडियो सन्देशमा राष्ट्रपति ट्रम्पले भने 'इरानी शासनले केवल विनाश र हत्याको बाटो रोजेको छ। हाम्रा साहसी अमेरिकी नायकहरूले यस युद्धमा ज्यान गुमाउन सक्छन् र हामीले मानवीय क्षति बेहोर्नुपर्ने हुन सक्छ युद्धमा प्रायः यस्तो हुने गर्दछ।'
उनले थपे, 'हामीले यो कदम अहिलेका लागि मात्र चालेका होइनौँ, यो उज्ज्वल भविष्यका लागि हो। यो एक महान् मिसन (Noble Mission) हो।'
ट्रम्पले आफ्नो सम्बोधनका क्रममा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य कर्मचारी र नागरिकहरूको सुरक्षाका लागि सम्भव भएसम्मका सबै उपायहरू अपनाइएको दाबी गरे। 'हामीले अमेरिकी जनशक्तिको जोखिम कम गर्नका लागि हरसम्भव प्रयास गरेका छौँ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !