रास्वपाको चुनावी प्रचारको गाडीले ठक्कर दिँदा ४ जना घाइते

रास्वपाको चुनावी प्रचारको गाडीले ठक्कर दिँदा ४ जना घाइते
सुन्नुहोस्

प्यूठान : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावी प्रचारको गाडीले ठक्कर दिँदा प्यूठानमा चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा मोटरसाइकल चालक प्युठान नगरपालिका-५ जुम्रीकाँडाका २० वर्षीय जीवन बिश्वकर्मा र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्का रहेका छन्।

साथै दुर्घटनामा स्कुटर चालक लमही नगरपालिका-६ देउपुर दाङ बस्ने वर्ष २६ का दीपक पोख्रेल र उनकी श्रीमती वर्ष २५ कि सुजता भण्डारी घाइते भएका छन्।

लु १ च ७७६९ नम्बरको पिकअप जीपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। प्यूठान नगरपालिका बाग्दुला नजिकै दुर्घटना भएको हो । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.