खामेनीको मृत्युबारे के भन्छन् इरानी मूलका अमेरिकी ?

खामेनीको मृत्युबारे के भन्छन् इरानी मूलका अमेरिकी ?

अमेरिका : अमेरिकामा बसोबास गर्ने इरानी मूलका नागरिकहरूले इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीको शनिबारको बम आक्रमणमा मृत्यु भएपछि मिश्रित प्रतिक्रिया जनाएका छन् ।

फातेमेह शाम्सले आफ्नो जन्मभूमि इरानमाथि अमेरिका र इजरायलले सैन्य आक्रमण गरेको खबर सुन्दा अत्यन्तै तनावपूर्ण क्षण बिताएको बताइन् । सन् २००९ देखि अमेरिकामा बस्दै आएकी उनी तेहरान शासनको आलोचक रहेकी छिन् । त्यसैले खामेनेईको मृत्युमा उनले शोक व्यक्त गरिनन् ।
 

फिलाडेल्फियामा बस्ने उनले बीबीसीसँग भनिन्, ‘हामीमा सबैका भावना मिश्रित छन् । एकातिर, हाम्रो ज्यान लिनेहरू अब सास फेर्दैनन् भन्नेमा हामी अत्यन्तै खुशी छौं । तर ३८ वर्षको भ्रष्टाचार र अपराधपछि उनी एकै क्षणमा मारिनु–यसले न्यायका लागि हामीले लडेको संघर्षमा हाम्रो कुनै नियन्त्रण नै नभएको जस्तो लाग्छ ।’

अमेरिकामा रहेका इरानी आप्रवासी समुदायका अन्य सदस्यहरूमा पनि यस्तै मिश्रित भावना देखिएको छ । केहीले मृत्यु संख्या र द्वन्द्व कति समयसम्म लम्बिने हो भन्ने चिन्ता व्यक्त गरेका छन् । तर धेरैले भने खामेनीको मृत्युको स्वागत गर्दै उत्सव मनाए । बोस्टन, वासिंङटन डीसी र लस एन्जलससम्म  विभिन्न सहरहरूमा प्रदर्शन भए ।

विशेष गरी लस एन्जलस, जहाँ करिब ४ लाख इरानी आप्रवासीमध्ये एक तिहाइभन्दा बढी बसोबास गर्छन्, त्यहाँको प्रदर्शन उल्लेखनीय रह्यो ।  आइतबार संघीय भवन बाहिर सडक बन्द गरेर मानिसहरूले झण्डा फहराउँदै उत्सव मनाए । आकाशमा उडिरहेको एक विमानले ‘थ्यांक यु ट्रम्प’ लेखिएको ब्यानर तानेको थियो ।
 

होडा जेइघामनियाले आफ्ना तीन सन्तानसँगै सडकमा नाचिन् । उनकी छोरी डोन्या चेश्माघिलले भनिन्, ‘म इरानमै जन्मिएकी हुँ । हामी मुस्लिम नभएकाले अत्याचारका कारण देश छोड्न बाध्य भयौं । अब शासन परिवर्तन होस् भन्ने आशा छ । इरानका जनताले यही चाहेका छन् ।’

तर सबै जना खुशी थिएनन् । एक दिनअघि लस एन्जलस सिटी हल बाहिर केही सय मानिसहरूले युद्धविरुद्ध प्रदर्शन गरे । अभिनेत्री व्बलभ Jane Fondan ‘तपाईंहरूले हाम्रो नाममा युद्ध लड्न सक्नु हुन्छ, तर हाम्रो सहमतिमा होइन’, भन्दै भीडलाई सम्बोधन गरिन् ।अन्य सहरहरूमा पनि समर्थन र विरोध दुवै देखियो । एटलान्टाकी शेरी यादेगारीले यसलाई ‘युद्ध होइन, इरान उद्धार अभियान’ भनिन्। तर न्यूयोर्कमा प्रदर्शनमा सहभागी लयान फुलेहानले भने, ‘बमबारी गरेर कसैलाई स्वतन्त्र बनाउन सकिँदैन ।’

अमेरिकी कंग्रेसमा इरानी मूलका सदस्यहरूबीच पनि मतभेद देखियो । ओक्लाहोमाकी रिपब्लिकन सांसद स्टेफनी बाइसले सामाजिक सञ्जालमा इरानीहरूलाई उठेर देश फिर्ता लिन आह्वान गरिन् । तर एरिजोनाकी डेमोक्र्याट सांसद यासामिन अन्सारीले ‘म स्वतन्त्र इरान चाहन्छु, तर अमेरिका फेरि अर्को अन्त्यहीन मध्यपूर्वी युद्धमा फस्न नपरोस्’ भन्ने चिन्ता व्यक्त गरिन् । यसबीच, लस एन्जलसको प्रदर्शनमा सहभागी मेराआ टेचेस्माघियोले बीबीसीसँग भनिन्, ‘यो महान दिन हो । हाम्रो देशले लामो समयदेखि यही चाहिरहेको थियो । यो साँच्चै सुन्दर क्षण हो ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.