खामेनी हत्यापछि चर्कियो इजरायल–हिज्बुल्लाह द्वन्द्व, लेबननमा मारिए ३१ जना

खामेनी हत्यापछि चर्कियो इजरायल–हिज्बुल्लाह द्वन्द्व, लेबननमा मारिए ३१ जना

काठमाडौं : इरानी सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीको हत्यापछि हिंसाको घटना विस्तार हुँदै गएको छ । इजरायलले लेबनानमा गरेको हमलामा ३१ जनाको मृत्यु भएको र १४९ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मृत्यु हुनेको यो संख्या प्रारम्भिक मात्र रहेको लेबनानी स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । यसअघि इजरायलले लेबननका ५० बढी शहर तथा गाउँका बासिन्दालाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर छाड्न चेतावनी दिएको थियो ।

इरानका सर्वोच्च नेता खामेनी हत्याको बदला लिन भन्दै लेबनानबाट हिज्बुल्लाहले इजरायलमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेपछि लडाइँ चर्किएको हो । जवाफमा अहिले लेबनानका लक्ष्यहरूमा इजरायलले पनि आक्रमण गरिरहेको इजरायली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

हिज्बुल्लाहले इरानका सर्वोच्च नेता खामेनीको हत्याको बदला लिन आफूले इजरायलमा आक्रमण गरेको पुष्टि गरेको छ । इजरायली सेनाका अनुसार, क्षेप्यास्त्र इजरायलका खुला क्षेत्रमा खसेका थिए । हिज्बुल्लाह शिया मुस्लिम राजनीतिक र सैन्य संगठन हो, जसलाई इरानबाट बलियो समर्थन प्राप्त छ । उक्त संगठनले इजरायलको अस्तित्वको अधिकारको विरोध गर्छ ।

अमेरिका र इजरायलले शनिबार इरानमा संयुक्त हवाई हमला गर्दा त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झण्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएका छन् । जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका यूएईलगायत खाडी मुलुकमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ ।  यता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण जारी रहने बताएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.