इरानका मिसाइलहरूले खाडीका राजधानीहरूमा प्रहार, के अब खाडी देशहरू युद्धमा होमिएलान् ?
कतार : गत सप्ताहन्त इरानी मिसाइलहरूले खाडीका शहरहरूमा प्रहार गर्दा केवल सिसा र कंक्रिट मात्र फुटेनन्, खाडी देशहरूले आफूलाई क्षेत्रीय अस्थिरताबाट टाढा राखेर निर्माण गरेको ‘स्थिरताको टापु’ भन्ने छविमाथि पनि गम्भीर चोट पुग्यो ।
अब क्षेत्रका देशहरू विश्लेषकहरूले ‘असम्भव रोजाइ’ भनेको स्थितिमा छन्–प्रतिकार गरेर इजरायलसँग मिलेर लडेको जस्तो देखिने जोखिम उठाउने वा निष्क्रिय बसेर आफ्ना शहरहरूमा आक्रमण सहने । तर धुवाँ उडिरहेका बेला पनि धेरै क्षेत्रीय आवाजहरूले संयम अपनाउन आग्रह गरेका छन् । उनीहरूले खाडी देशहरू आफूले नचाहेको र आफ्नै नभएको युद्धमा तानिन नहुने चेतावनी दिएका छन् ।
कतारका पूर्व प्रधानमन्त्री तथा पूर्व विदेशमन्त्री शेख हमद बिन जसीम बिन जाबेर अल थानीले एक्समा लेख्दै खाडी सहयोग परिषद्का देशहरू ‘इरानसँग प्रत्यक्ष टकरावमा तानिनु हुँदैन’ भने । उनले तेहरानले ‘परिषद्का देशहरूको सार्वभौमिकता उल्लंघन गरेको र आक्रामक पक्ष भएको’ स्वीकारे पनि सीधा भिडन्तले दुबै पक्षलाई कमजोर पार्ने र बाह्य शक्तिहरूलाई हस्तक्षेप गर्ने अवसर दिने बताए ।
उनीहरूले रोक्न खोजेको युद्ध
आक्रमणभन्दा अघिका हप्ताहरूमा ओमनले वाशिङ्टन र तेहरानबीच अप्रत्यक्ष वार्ता गराइरहेको थियो । ओमानका विदेशमन्त्रीले शान्ति ‘हातको दूरीमा’ रहेको बताएका थिए । तर केही घण्टामै अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरे, जसमा इरानका सर्वोच्च नेता ब्थबतयििबज ब्ष् िप्जबmभलभष् सहित उच्च सैन्य अधिकारीहरू मारिएका बताइएको छ ।
त्यसको जवाफमा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गरी मिसाइल र ड्रोन प्रहार गर्यो ।युनाइटेड अरब इमिरेट्समा कम्तीमा तीन जनाको मृत्यु भयो र दुबई विमानस्थलसहित विभिन्न स्थानमा क्षति पुगेको बताइयो । साउदी अरेबियाले रियाद र पूर्वी क्षेत्रमा प्रहार भएको जनाएको छ । कतार, कुवेत, बहराइन र ओमनमा पनि घाइते भएको विवरण सार्वजनिक गरिएको छ । यूएईले इजरायलबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ, जसलाई क्षेत्रीय असन्तोषको संकेतका रूपमा हेरिएको छ ।
असम्भव निर्णय
विश्लेषकहरूका अनुसार खाडी देशहरू दुविधामा छन् । यदि उनीहरू प्रतिकार गर्दैनन् भने आफ्ना नागरिकको सुरक्षा गर्न नसकेको आरोप लाग्न सक्छ । तर प्रतिकार गरेमा, इजरायलसँग सहकार्य गरेको आरोपले उनीहरूको वैधता र जनसमर्थनमा असर पार्न सक्छ ।
किङ्स कलेज लन्डनका प्राध्यापक रोब गाइस्ट पिनफोल्डका अनुसार खाडी देशहरूले सम्भवतः आफ्नै नेतृत्वमा संयुक्त कदम चाल्न सक्छन्–जस्तै १९८४ मा स्थापना भएको Peninsula Shield Force जस्ता संयन्त्रमार्फत—ताकि उनीहरू ‘अनुयायी’ नभई ‘नेता’ को रूपमा देखिन सकून् ।
दुःस्वप्न परिदृश्य
विश्लेषक मोनिका माक्र्सका अनुसार सबैभन्दा ठूलो डर ऊर्जा पूर्वाधार, विद्युत् सञ्जाल र पानी प्रशोधन संयन्त्रमा आक्रमण हुनु हो । ती बिना तीव्र गर्मी र सुख्खा मौसम भएका खाडी देशहरू बस्न अयोग्य हुन सक्छन् । विश्व ऊर्जा आपूर्तिमा खाडी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ । कतार विश्वको प्रमुख प्राकृतिक ग्यास निर्यातक हो र Strait या Hormuz बाट विश्व तेल आपूर्तिको ठूलो हिस्सा बग्छ। यदि यहाँ अस्थिरता बढेमा विश्वव्यापी तेल मूल्य आकाशिन सक्छ ।
नयाँ क्षेत्रीय युगको संकेत
विश्लेषकहरूका अनुसार यो संकटले मध्यपूर्वमा ‘राज्य विरुद्ध राज्य’ युद्धको नयाँ चरण संकेत गरेको छ । पहिले खाडी देशहरूको मुख्य चिन्ता गैर–राज्य पक्षहरू (जस्तै हुथी वा हिज्बुल्लाह) थिए, तर अब प्रत्यक्ष राज्यस्तरीय टकराव देखिएको छ ।
अब खाडी देशहरूले छिटो रणनीति पुनःनिर्धारण गरिरहेका छन् । उनीहरूको आगामी कदम इरानले थप कस्तो सन्देश वा कदम चाल्छ भन्नेमा निर्भर रहनेछ । तर मिसाइल प्रहारले चम्किला शहरहरूको आकाशरेखा क्षतविक्षत भएपछि, तटस्थ रहिरहने विकल्प क्रमशः कठिन बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस !